न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिँदै सत्ता साझेदार दल « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिँदै सत्ता साझेदार दल


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । सत्ता साझेदार दलहरूले साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने समय नजिकिएसँगै दलहरू न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने कसरतमा जुटेका हुन् ।

हिजो बालुवाटारमा बसेको बैठकले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने लगायतका विषयमा कार्यक्रममा प्राथमिकताका साथ अगाडि बढाउने सहमति गरेका थिए ।

यस्तै सकेसम्म छिटो गठबन्धनले केन्द्रदेखि प्रदेशसम्मको भागबन्डाको टुङ्गो पनि लगाउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस