दलको सदस्यता लिन बाध्य नपार्न विद्यालय कर्मचारीको अनुरोध  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दलको सदस्यता लिन बाध्य नपार्न विद्यालय कर्मचारीको अनुरोध 


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाल कर्मचारी परिषद्ले विद्यालय कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन बाध्य नपार्न अनुरोध गरेको छ ।

परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सङ्गठनहरूले, कतिपय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले करकापमा आफ्नो राजनीतिक आस्थाको सङ्गठनको सदस्य लिन बाध्य पारेको जनाएको छ ।

परिषद्को विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक सङ्गठनहरूले आफ्नो राजनीति आस्था विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको करकापबाट सदस्यता लिन बाध्य पारिएको जानकारी आएकोले व्यक्तिगत स्वतन्त्रता माथि अंकुश लगाउने कार्यलाई बन्द गरिदिन अनुरोध गरिन्छ ।’

परिषद्ले पटक पटक जानकारी गराउँदा पनि नरोकिएको र यदि कुनै कर्मचारीहरूबाट लिखित निवेदन परेको अवस्थामा संस्थाको विधान अनुसार अगाडि बढ्ने समेत चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस