कानुन संशोधनको माग गर्दै भन्सार एजेन्टले भेटे « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कानुन संशोधनको माग गर्दै भन्सार एजेन्टले भेटे


२० पुस २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय भन्सार एजेन्ट परिषद्ले भन्सार ऐन र नियमावलीको विभिन्न प्रावधान संशोधनको माग गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई जानकारी गराएको छ ।

राष्ट्रिय भन्सार एजेन्ट परिषद्का अध्यक्ष भोलानाथ अर्यालले उपप्रधानमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै भन्सार जाँचपासमा पारदर्शिता, इमान्दारिता र वैधताको लागि मौजुदा भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ मा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।

उनले भन्सार क्षेत्रमा देखिएका बेथिति र चुहावट नियन्त्रणका लागि कानुन संशोधन गर्नुपर्ने धारणा राखे । भन्सार क्षेत्रमा बिचौलियाको बिगबिगीले समग्र राजश्व सङ्कलनमा समेत असर परेको बताए । परिषद्ले भन्सार ऐन र नियमावलीको संशोधन गर्नुपर्ने बुँदासहित अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

उपप्रधानमन्त्री पौडेलले भन्सार एजेन्टको मागप्रति आफू सकारात्मक रहेको बताए । उनले भन्सारबाट हुने चुहावट नियन्त्रणका लागि भन्सार एजेन्टबाट आफूले ठूलो अपेक्षा गरेको पनि बताए । उपप्रधानमन्त्री पौडेलले नयाँ भन्सार एजेन्टहरुलाई भन्सार कार्यालयहरूमा सहज रूपमा काम गर्ने वातावरण बनाउने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस