स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित


२० पुस २०७९, बुधबार


काठमाडौँ । चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित भएको छ । यो विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि म्याचिङ प्रक्रिया स्थगित गरिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । 

आयोगले ‘चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९’ संशोधन गरेर चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ गराउँदै आएको थियो । 

आयोगले कार्यविधि संशोधन गरेर म्याचिङ गराउन थालेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न/नगराउन भन्दै अन्तरिम आदेश जारी भएको थियो । उक्त अन्तरिम आदेशपछि आयोगले म्याचिङ प्रक्रिया स्थगित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस