बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको निर्देशन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको निर्देशन 


२० पुस २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले बल्खुखोला करिडोर क्षेत्र अन्तर्गत १० मिटरभित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ ।

नगरपालिकाको १५ नम्बर वडा कार्यालयले सूचना जारी गर्दै खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोरका स्थायी र अस्थायी दुवै संरचना हटाउन निर्देशन दिएको हो ।

वडाध्यक्ष घनश्याम लुइँटेलका अनुसार १५ दिनभित्र संरचना हटाउनुपर्ने छ । उनले करिडोर निर्माणको बाँकी काम गर्नका लागि संरचना हटाउन आवश्यक रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस