प्रधानमन्त्री र युरोपेली संघकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री र युरोपेली संघकी राजदूतबीच भेटवार्ता


२० पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूतको टोलीले भेटवार्ता गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको हो ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।

राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस