एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव


२० पुस २०७९, बुधबार


जनकपुरधाम ‌। नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।

मङ्गलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ‌।

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेस प्रदेशमा २३ सांसद जितेर ठुलो दल बनेको छ ‌।

Tags :
प्रतिक्रिया दिनुहोस