एकीकृत समाजवादीले गर्‍यो ११ बुँदे प्रस्ताव पारित  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकीकृत समाजवादीले गर्‍यो ११ बुँदे प्रस्ताव पारित 


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । 

आज सम्पन्न पोलिट्ब्यूरो कमिटी बैठकपश्चात् पार्टी महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उखु किसानहरूको समस्या समाधान गर्न र समर्थन मूल्य छिट्टै तोक्न पनि माग गरिएको छ । 

बैठकले ११ बुँदे प्रस्ताव पारित गर्दै मल खादको व्यवस्था गर्न, समर्थन मूल्यमा धान खरिदको व्यवस्था मिलाउनलगायत माग गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस