२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई बहुविवाहको छुट दिने प्रावधानविरुद्ध सर्वोच्चमा रिट

अ+ अ-

काठमाडौँ । मुलुकी देवानी संहिता, २०७४ को दफा ८२ (ग) लाई असंवैधानिक घोषित गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दायर गरिएको छ । कानुनका विद्यार्थी स्मृति सापकोटा र प्रशान्त कार्कीले मङ्गलवार संवैधानिक इजलासमा रिट दायर गरेका हुन् ।

संहिताको दफा ८२ मा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने आधारहरू छ । दफा ८२ (ग) मा ‘पत्नीले कानुनबमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा’ भन्ने व्यवस्था छ । यसले महिलाले गरेको बहुविवाहलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने भन्दै खारेजीको मागसहित रिट दायर गरिएको हो ।

रिट निवेदनमा सो व्यवस्थाले लैंगिक भेदभावलाई प्रोत्साहन गर्ने जिकिर गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने व्यवस्था छ । दफामा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, कुनै महिलाले पुरुष विवाहित हो भन्ने जानाजान विवाह गर्न नहुने व्यवस्था छ । सो दफाबमोजिम बहुविवाह गर्ने र गराउने व्यक्तिलाई एकदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुने व्यवस्था छ ।

तर, कुनै वैवाहिक महिलाले वैवाहिक सम्बन्ध कायम रहँदै विवाह गरेमा पहिलो श्रीमानसँगको वैवाहिक सम्बन्ध स्वतः निष्क्रिय हुने व्यवस्थाले महिलालाई बहुविवाहबाट उन्मुक्ति दिई बहुविवाहजस्तो फौजदारी अपराधलाई प्रोत्साहन दिएको रिटमा उल्लेख छ ।

रिट उपर बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस