उपरथी प्रेमप्रकाश शाही सैनिक प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उपरथी प्रेमप्रकाश शाही सैनिक प्रहरीको नियन्त्रणमा


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाही पुस २० मा नियमित अवकाशमा जाँदैछन् । तर, अवकाशमा जानुअघि उनलाई सैनिक मुख्यालय जङ्गी अड्डामा नियन्त्रणमा लिएर राखिएको हो ।

उपरथी शाहीलाई छानबिनका लागि जङ्गी अड्डामा बस्न आदेश भएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए । उनलाई के विषयमा छानबिन गर्न लागिएको भन्नेबारे भने खुलाइएको छैन । 

सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस