२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडामै पुगेर योजना सम्झौता

अ+ अ-

टक्सार(भोजपुर) । स्थानीय स्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरवार आएको महसुस गर्न थालेका छन् ।

प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो ।

गाउँपालिकाले टोल टोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ ।

स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोल टोलमा पुगेर योजना सम्झौता गरेको वडा नं ३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिए ।

‘गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरू वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँ सभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ’, अध्यक्ष मगरले भने ।

आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिसहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसुस स्थानीयवासीले गरेका छन् ।

गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नं ३ भुल्के, वडा नं ७ बासिखोरा, वडा नं ५ मानेभञ्ज्याङ, वडा नं ६ वैकुण्ठे र वडा नं ८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ । पालिकाको वडा नं ४, १ र २ नं वडामा योजना सम्झौता गर्न बाँकी छ ।

वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न एक दिन नै लाग्ने र खर्चसमेत हुने समस्या हटेकाले स्थानीय खुसी भएको अध्यक्ष राईले बताए ।

गाउँपालिकाले पहिलो गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोल टोलमा नै पुगेर गर्ने निर्णय गरेका थिए ।