जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदारलाई कारबाही « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदारलाई कारबाही


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । जाँडरक्सी खाएर होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमरपुरा चोकको एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् ।

हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय सिराहामा दरबन्दीमा रही जिप्रका धनुषामा काजमा खटाइएका प्रहरी हवलदार साहलाई स्पष्टीकरण माग गर्दै कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो । ग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेको भिडियोमा प्रस्ट देखिएको छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस