मोलुङ्ग हाइड्रोपावरको आइपीओ खुला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मोलुङ्ग हाइड्रोपावरको आइपीओ खुला


१९ पुस २०७९, मंगलबार


ओखलढुङ्गा । मोलुङ्ग हाइड्रोपावरले आजदेखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशत १० प्रतिशत अर्थात् ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको जनाएको छ ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरूका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिनेछ ।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आइपिओमा माघ ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा उक्त सेयरमा पूर्ण आवेदन नपरेमा स्थानीयले भने माघ १८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस