नेपाल टी-२० लिग : खेलाडीले टस गर्नै मानेनन् « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल टी-२० लिग : खेलाडीले टस गर्नै मानेनन्


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर प्रतियोगिता गरेको हो । पटक–पटक मिति सारिएर मंसिर २८ देखि सुरु भएको नेपाल टी-२० लिगमा सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् ।

तर, पछिल्लो समय आयोजक सेभेन थ्री स्पोर्ट्स कम्पनीका साझेदार नै सम्पर्कमा नभएको जनाइएको छ । खेलाडी तथा अफिसियलले यसअघि नै सोमबारसम्म आफूले पाउनुपर्ने परिश्रमिक नपाए नखेल्ने बताएका थिए । केही विदेशी खेलाडीले यसअघि नै नेपाल छाडिसकेका छन् ।

नेपाल टी-२० लिगमा विराटनगर सुपर किंग्स, काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स, र फार वेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस