गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

बा ४४ प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार दुई जना भने सकुशल रहेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस