साढे ४ लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

साढे ४ लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ


१९ पुस २०७९, मंगलबार


पक्राउ

रौतहट । स्रोत नखुलेको रकम सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजातकुमार मालाकार र २२ वर्षीय सञ्जीवकुमार तिवारी ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

सोमबार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरू गौर नगरपालिका १ मा जाँच गर्ने क्रममा पक्राउ परेका हुन्।

बरामद भएको भारतीय रुपैयाँको स्रोत नखुलेको कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस