कुर्मी मृत्यु प्रकरण : अनशनस्थगित गरी अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कुर्मी मृत्यु प्रकरण : अनशनस्थगित गरी अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह


१८ पुस २०७९, सोमबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन् । 

गृह मन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् ।  

प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनशनरत महिला अधिकारकर्मी रुवी खानलाई टेलिफोन गरी अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन आग्रह गरेका छन् ।

हाल निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा धर्ना तथा रिले अनशन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस