काठमाडौँ । सडक दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आईसीयूबाट निजी सुइटमा सारिएको छ । समाचार एजेन्सी एएनआईले डीडीसीए निर्देशक श्याम शर्मालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
पन्तको कार रुर्की नजिकै शुक्रबार (डिसेम्बर ३०) दुर्घटनामा परेको थियो । त्यसयता उनी देहरादूनको एक अस्पतालमा भर्ना छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, अभिनेता अनिल कपुर, अनुपम खेरलगायत धेरैले पन्तलाई भेटेका छन् । तर, शर्माले पन्तसँग धेरै मानिस भेट्न नहुने बताएका छन् । यसले सङ्क्रमणको जोखिम बढ्न सक्ने उनले बताए ।