२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई हेलिकोप्टर एक-आपसमा ठोक्किँदा चार जनाको मृत्यु 

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाको गोल्ड कोस्टको सिवल्र्ड नजिकको आकाशमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा चार जनाले ज्यान गुमाएका छन् । 

क्विन्सल्यान्ड प्रहरीले प्रारम्भिक अनुसन्धानबाट एउटा हेलिकोप्टर उड्न लागेको र अर्को अवतरण गर्न लागेको अवस्थामा दुर्घटना भएको बताएको बीबीसीले लेखेको छ । 

ज्यान गुमाउनेमा उड्न लागेको हेलिकोप्टरमा सवार व्यक्तिहरू रहेका छन् । सोही हेलिकोप्टरका अन्य तीनजना यात्रुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

दुर्घटनापछि आपत्कालीन अवतरण गरिएको अर्को हेलिकोप्टरमा सवार ६ मध्ये पाँचजना यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

स्थानीय समयअनुसार सोमबार अपराह्न करिब दुई बजे भएको यस हवाई दुर्घटनाबारे अष्ट्रेलियाली पारवहन सुरक्षा ब्युरोले अनुसन्धान गरिरहेको छ । 

ठोक्किएपछि दुईवटै हेलिकोप्टर ब्रिस्बेनदेखि करिब ७५ किलोमिटर दक्षिणमा पर्ने मेन बिच नामक एक पर्यटकीय क्षेत्र नजिक खसेका थिए । 

स्थानीय ट्राफिक प्रहरीले घटनालगत्तै सो क्षेत्रमा सवारीसाधन र बटुवाहरूको प्रवेश रोकेको थियो ।