कुमारी बैङ्कको सीईओमा अर्याल नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुमारी बैङ्कको सीईओमा अर्याल नियुक्त


१८ पुस २०७९, सोमबार


काठमाडौँ । कुमारी बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् ।

कुमारी र एनसीसी बैङ्कको एकीकृत कारोबार भएसँगै अर्याललाई कुमारी बैङ्कको सिइओ नियुक्त गरिएको हो ।

कुमारी र एनसीसीबीच मर्जपछि कुमारी बैङ्कको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

बैङ्कको आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

कुमारी बैङ्कका सिइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सिइओ बनेका छन् । आइतबारदेखि एनसीसी बैङ्क र कुमारी बैङ्कले एकीकृत कारोबार सुरु गरेका छन् । कुमारी र एनसीसी बैङ्क १स्१ अनुपातमा मर्ज भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस