सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन


१८ पुस २०७९, सोमबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि पुस  २८ गते निर्वाचन हुने भएको छ । 

सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशक समेत दिएका छन् । नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम ७ बमोजिम सभामुखको निर्वाचनका लागि पुस २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो । 

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान प्रदान गरेका छन् ।

प्रदेश सभाको अर्को बैठक पुस २८ गते दिउसो एक बजे बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस