कर्णालीमा एमाले पहिलो पार्टी : यामलाल कँडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णालीमा एमाले पहिलो पार्टी : यामलाल कँडेल


१८ पुस २०७९, सोमबार


काठमाडौँ । कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुद पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् ।

सोमबार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै नेता कँडेलले प्रत्यक्षमा तल–बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए ।

साथै कँडेलले अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरू भइरहेको बताए । उनले भने, ‘सङ्घीयतामाथि प्रश्न उठाइरहेका छन्, पहिलो कार्यकाल प्रश्नको उत्तर दिने नभई प्रश्न पनि प्रश्न उठाउँदैमा बित्यो । त्यसैले अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिन सक्नुपर्छ । यदि सकिएन भने सङ्घीयतामाथि प्रश्न उठ्न सक्छ ।’

साथै कँडेलले अहिलेको राजनीतिमा बनाउने भन्दा बन्ने हाबी हुँदा जननतामा वितृष्णा पैदा भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस