कर्मचारीको निधनमा सिरहा नगरपालिकामा बिदा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीको निधनमा सिरहा नगरपालिकामा बिदा


१८ पुस २०७९, सोमबार


जनकपुरधाम । एक कर्मचारीको निधन भएको शोकमा सिरहा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

आइतबार सिरहा नगरपालिकाका लेखापाल भिखारी सिंह थारुको निधन भएको थियो । हृदयाघातबाट उनको निधन भएको हो ।

लेखापाल सिंहको असामयिक निधन भएकोले आज एक दिनका लागि नगरपालिका र यस कार्यालयको मातहतमा रहेका वडा कार्यालय लगायतका सम्पूर्ण कार्यालयहरू पूर्ण रूपमा बन्द रहने सूचना प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस