प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक


१८ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरवारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस