पेस्तोल र गोलीसहित बाराबाट एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेस्तोल र गोलीसहित बाराबाट एक भारतीय नागरिक पक्राउ


१८ पुस २०७९, सोमबार


पक्राउ

बारा । बाराको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका–१६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरेको हो ।

आइतबार साँझ पक्राउ परेका चन्दनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस