जसपा राजनीतिक समितिको बैठक आज « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जसपा राजनीतिक समितिको बैठक आज


१८ पुस २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक सोमबार बस्दैछ।

ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने बैठकमा चुनावको समीक्षा, सरकारको न्यूनतम साझा कार्यक्रम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

यस्तै पार्टीको विधान अधिवेशन, सरकारमा सहभागिता र दलहरूसँग एकताका लागि वार्ता समिति गठनलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाबारे राजनीतिक बैठकमा निर्णय हुने पार्टीका बताए। यसअघि कार्यकारिणी समितिले सरकारमा सहभागिताका विषयमा पनि राजनीतिक समितिलाई जिम्मेवारी दिएको थियो।

बैठक मङ्गलवारसम्म बस्ने वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस