चिसो बढेपछि विद्यालय बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिसो बढेपछि विद्यालय बन्द


१७ पुस २०७९, आइतबार


School

काठमाडौँ। कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् ।

पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरूको बैठकबाट बिदा माग भएको नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले बताइन् ।

उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।

चिसोका कारण विद्यार्थीलाई विद्यालय आउन-जान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस