प्राधिकरणद्वारा ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्राधिकरणद्वारा ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूलाई आकर्षित गर्न पार्किङ लगायतका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी दिए ।

आइतबार विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उनले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन क्षेत्रको विकास र विस्तारका लागि महत्त्वपूर्ण हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस