९१ किलो गाँजासहित गाडी बरामद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

९१ किलो गाँजासहित गाडी बरामद


१७ पुस २०७९, आइतबार


काठमाडौँ । रौतहटबाट ९१ किलो गाँजा बरामद भएको छ। 

आइतबार बिहान ११ बजे राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट ९१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। 

रोकेर राखेको बोलेरो गाडीमा गाँजा छ भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले चेक गर्दा बोलेरो गाडीमा गाँजा फेला पारेको हो। 

गाडीमा १३ वटा पोकामा ९१ किलो गाँजा बरामद भएको हो। प्रहरीले गाँजासँगै गाडी पनि नियन्त्रणमा लिएको छ।

यस्तै गाडी नजिकै एउटा बेवारिसे मोटरसाइकल समेत फेला परेको थियो। उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिइएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस