२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलको ऋणलाई अनुदानमा बदल्न चीनलाई आग्रह

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यस विमानस्थलमा चिनियाँ एक्जिम बैङ्कले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ४७ वर्ष पहिलेको सपना पुरा भएको बताए । उनले विमानस्थल बनेर मात्रै नहुने भन्दै विमानस्थलबाट अरब, भारत, मलेसिया लगायतका मुलुकमा  जान पाउनुपर्ने र जनताले त्यही चाहेको सुनाए ।

गण्डकी प्रदेशले पहिलो पटक कार्यकारी प्रमुख (प्रधानमन्त्री) पाएको भन्दै गण्डकी प्रदेशले वर्तमान प्रधानमन्त्रीबाट धेरै अपेक्षा गरेको बताए ।

उनले पोखरा विमानस्थललाई दक्षिण एसिया, दक्षिण एसिया र पश्चिम एसियासँग जोड्न सक्ने हो भने पोखरालाई पर्यटनको राजधानी बनाउन सकिने बताए ।

पर्यटन विकासका लागि पर्यटकले नेपालमा बस्ने समय र खर्च गर्न वातावरण बनाउनुपर्ने उनले बताए ।