काम नलाग्ने नोटबाट बनेका ब्रिकेट बेच्न सिलबन्दी दरभाउ प्रस्ताव आह्वान  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काम नलाग्ने नोटबाट बनेका ब्रिकेट बेच्न सिलबन्दी दरभाउ प्रस्ताव आह्वान 


१७ पुस २०७९, आइतबार


बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले चलनचल्तीका लागि अयोग्य नोटबाट बनाइएका ब्रिकेट/स्रेडेड टुक्राहरू बिक्रीका लागि सिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैङ्कले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुलाउने क्रममा बन्ने ब्रिकेट बिक्रीका लागि सिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको हो ।

कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको राष्ट्र बैङ्कले जनाएको छ । इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी ४६औँ दिनको दिउँसो १२ बजेभित्र दरभाउ प्रस्ताव पेस गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने केन्द्रीय बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस