सभामुखका लागि मधेसमा पुस ३० गते मनोनयन दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुखका लागि मधेसमा पुस ३० गते मनोनयन दर्ता


१६ पुस २०७९, शनिबार


जनकपुरधाम । मधेस प्रदेशको सभामुख तथा उपसभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ।

शुक्रबार नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो।

सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस