मेरो कार्यकाल भाषण कम, काम धेरै गर्ने छु : प्रचण्ड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेरो कार्यकाल भाषण कम, काम धेरै गर्ने छु : प्रचण्ड


१६ पुस २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् ।

शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस पटक भाषण कम गर्ने बताएका हुन् ।

‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिबद्धता गरेको पनि बताए ।

सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिति अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।

उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस