२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

अ+ अ-

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिङ्की बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा थापा, जानकी थापा, सङ्गीता मौनी, ललिता चन्द र दिव्या कार्की रहेका छन् ।

यस्तै पूजा कार्की, बबिता बोहरा, लक्ष्मी बोहरा, आशिका बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । प्रशिक्षकमा दीपेन्द्र चन्द र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरालाई जिम्मेवारी लिइएको छ ।

दुईदिनसम्म सञ्चालन भएको बन्द प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए । सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगिता यही पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुँदैछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम रहेका छन् । यस्तै समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् ।

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच यही पुस २३ गते फाइनल भिडन्त हुने जनाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस