बढ्यो ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बढ्यो ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क


१५ पुस २०७९, शुक्रबार


ईपीएस कोरिया शाखाले भन्यो-फेक सूचनामा विश्वास नगर्नु

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । 

नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो ।  अहिलेसम्म दूतावासले ७ हजार २०० रुपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रुपैयाँ वृद्धि गरी ७ हजार ८०० पुर्‍याइएको हो । 

भिसा जारी गर्न गर्न अघि आवश्यक पर्ने प्रक्रिया पुरा गर्न (सीसीभीआई) को लागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ । अबदेखि उक्त फाराम भर्ने व्यक्तिहरूले भिसा शुल्क बापत ७ हजार ८०० रूपैँया बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । यसअघि नै सीसीभीआई फारम बुझाई सकेका तथा भिसा जारी हुन नसकेका व्यक्तिहरूले समेत थप शुल्क बुझाउनुपर्नेछ । 

यसअघि सीसीभीआई फारम बुझाई सकेका व्यक्तिहरूले समेत भिसा जारी हुनका लागि नेपालस्थित कोरियन राजदूतावासमा सन् २०२३ जनवरी १ पछि मात्रै जाने भएकाले थप ६०० रुपैयाँ बुझाउन कार्यालयले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस