प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता-तमु ल्होसारलाई दिने आर्थिक सहयोग बढाउँछु  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता-तमु ल्होसारलाई दिने आर्थिक सहयोग बढाउँछु 


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन् ।

शुक्रवार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिबद्धता जनाएका हुन् । 

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई निर्देशन समेत दिए । 

‘टुँडिखेलमा आयोजित समारोहको सुरक्षाका लागि विशेष ध्यान दिन यसैमञ्चबाट नेपाल प्रहरीलाई निर्देशित गर्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै यो तमु ल्होसारमा विगत सरकारले पनि सम्मान र सहानुभुतिस्वरुप आर्थिक सहयोग गर्दै आएको कुरा मलाई थाहा छ । म दोस्रो चोटि प्रधानमन्त्री हुँदा बोलेको थिएँ तर मैले प्रधानमन्त्री छोडेपछि भएन भनेर मलाई सुनाउनुभयो, यो पटक अहिलेसम्म दिएको रकमभन्दा बढी रकम म आफै दिन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस