सुदूरपश्चिम प्रदेश सभा सदस्यले लिए शपथ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सुदूरपश्चिम प्रदेश सभा सदस्यले लिए शपथ


१५ पुस २०७९, शुक्रबार


Sudurpashim-pradesh

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ गराएका हुन्। ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार नै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिएका थिए।

रावलले प्रदेश सभाका अन्य ५२ सांसदलाई शपथ गराएका हुन्। ४६ जनाले नेपाली भाषा र ६ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन्। प्रदेशसभामा ६ दलको सहभागिता छ।

Tags :
प्रतिक्रिया दिनुहोस