दमकल स्टेसन थप्दै काठमाडौँ महानगर « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

दमकल स्टेसन थप्दै काठमाडौँ महानगर


१४ पुस २०७९, बिहिबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नगरभरी जुनसुकै स्थानमा आगलागी हुँदा पनि तत्काल नियन्त्रणमा लिनेगरी दमकल स्टेसन थप्ने भएको छ ।

महानगरका अनुसार आगलागी भएको स्थानमा ढिलोमा ५ मिनेटभित्र दमकल पुग्ने गरी स्टेसनहरू निर्माण भइरहेको महानगरपालिकाका विपद् व्यवस्थापन निर्देशक रविनमान श्रेष्ठले बताए ।

उनका अनुसार महानगरले यो वर्ष मात्रै ३ वटा दमकल स्टेसन थप्दै छ जसअनुसार बालाजु स्टेसन बिहीबारबाट सञ्चालनमा आएको छ ।

बालाजु स्टेसनमा दुई वटा दमकल, दुईवटा फायर मोटरसाईल रहेको छ ।

निर्देशक श्रेष्ठका अनुसार ३ वटा स्टेसनमा गरी अहिले महानगरसँग ७ वटा दमकल तयारी अवस्थामा रहेको छ । यो वर्षमा नै नयाँ दमकल, भर्‍याङ, फायर मोटरसाइकल जस्ता अग्नी नियन्त्रणका सामाग्रीहरू खरिद गर्ने महानगरले तयारी रहेको छ ।

महाराजगञ्जमा दमकल स्टेसन राख्ने तयारी गरेता पनि नेपाली सेनाको जग्गा भएकोले महानगरलाई राख्न नदिएको निर्देशक श्रेष्ठले बताए ।

यस्तै महानगरको बल्खुमा पनि यही वर्ष दमकल स्टेसन निर्माण हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस