काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नगरभरी जुनसुकै स्थानमा आगलागी हुँदा पनि तत्काल नियन्त्रणमा लिनेगरी दमकल स्टेसन थप्ने भएको छ ।
महानगरका अनुसार आगलागी भएको स्थानमा ढिलोमा ५ मिनेटभित्र दमकल पुग्ने गरी स्टेसनहरू निर्माण भइरहेको महानगरपालिकाका विपद् व्यवस्थापन निर्देशक रविनमान श्रेष्ठले बताए ।
उनका अनुसार महानगरले यो वर्ष मात्रै ३ वटा दमकल स्टेसन थप्दै छ जसअनुसार बालाजु स्टेसन बिहीबारबाट सञ्चालनमा आएको छ ।
बालाजु स्टेसनमा दुई वटा दमकल, दुईवटा फायर मोटरसाईल रहेको छ ।
निर्देशक श्रेष्ठका अनुसार ३ वटा स्टेसनमा गरी अहिले महानगरसँग ७ वटा दमकल तयारी अवस्थामा रहेको छ । यो वर्षमा नै नयाँ दमकल, भर्याङ, फायर मोटरसाइकल जस्ता अग्नी नियन्त्रणका सामाग्रीहरू खरिद गर्ने महानगरले तयारी रहेको छ ।
महाराजगञ्जमा दमकल स्टेसन राख्ने तयारी गरेता पनि नेपाली सेनाको जग्गा भएकोले महानगरलाई राख्न नदिएको निर्देशक श्रेष्ठले बताए ।
यस्तै महानगरको बल्खुमा पनि यही वर्ष दमकल स्टेसन निर्माण हुने भएको छ ।