काठमाडौँ । नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किङ्सले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ लमा २ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाए ।
त्यस्तै गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए । पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
पोखराका लागि अमिर हम्जाले ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए ।
कप्तान उपुल तरङ्गा २५ रन जोडे । विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ विकेट लिए । त्यस्तै साहब आलम, राज नानन र नन्दन यादवले समान एक/एक विकेट लिए ।
जितसँगै विराटनगरले ४ खेलमा चार अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेर अङ्क विहीन पोखरा तालिकाको पुछारमा रहेको छ ।