राजीनामा दिएकालाई पार्टीमा फर्किन विवेकशीलको अनुरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजीनामा दिएकालाई पार्टीमा फर्किन विवेकशीलको अनुरोध


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । विवेकशील साझा पार्टीले निर्वाचन समीक्षा भेला बोलाएको छ ।

शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा समीक्षा भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

पार्टी स्थापना, आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता र निर्वाचन परिणामबारे बैठकमा समीक्षा हुने अध्यक्ष बास्कोटाले बताएकी छन् ।

उनले पार्टीका जिम्मेवारीमा रहेका सबैलाई भौतिकरुपमा बैठकमा उपस्थित हुन अपिल गरेकी छन् ।

साथै, अध्यक्ष बास्कोटाले राजीनामा दिएका, कारबाहीमा परेका, जिम्मेवारीबाट अलग भएका, निष्क्रिय भएका सबैलाई जिम्मेवारीमा फर्किन अनुरोध गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस