सांसदबाट जनही २० हजार रूपैयाँ उठाउने राप्रपाको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसदबाट जनही २० हजार रूपैयाँ उठाउने राप्रपाको निर्णय


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ ।

प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस