दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । दक्षिण एसियाका ज्योतिषीको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

महासङ्घले यही पुस २५ गते नेपालको राजधानी काठमाडौँमा केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । नेपाल, भारत, बङ्गलादेशलगायतका देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाएको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक-फरक देश र संस्कृतिकाबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायतका कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताए ।

उनले आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमात्र नयाँ नेतृत्व चयन गर्ने तयारी भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस