२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

अ+ अ-

काठमाडौँ । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण गरिएको हो । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले भने, “सञ्चालन कार्यविधि तयार नहुँदा सम्मेलन केन्द्रलाई बन्द राख्नु परेको छ ।” सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन कार्यविधि तयार गरेर सङ्घीय सहरी विकास मन्त्रालयमा पठाएको थियो । कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ ।

सरकारले २०६५ सालमा सभाहल निर्माण गर्ने निर्णय गरेको थियो । सोअनुरूप २०७१ माघ १५ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माण सुरु हुन नपाउँदै २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी, मधेश आन्दोलन र कोभिड–१९ को महामारीका कारण सम्मेलन केन्द्रको निर्माण कार्यमा ढिलाइ भएको थियो । केन्द्र भवन निकै आकर्षक छ । बुटवल मण्डपमा बनेका सबै संरचना आकाशबाट हेर्दा चन्द्रसूर्यको आकारमा तयार पारिएको छ ।

कार्यविधिमा केन्द्रमा रहेका पाँच सय जना क्षमताको सभाहल नगरपालिका वा गाउँपालिकाले सञ्चालन गर्न पाउने र उपमहानगरपालिकाले सात सय जना क्षमताको र महानगरपालिकाले एक हजार सिट वा सोभन्दा बढी क्षमताको सभाहल सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले केन्द्रलाई उपमहानगरपालिकाले जिम्मा पाए आफूहरूले सञ्चालन गर्न सक्ने बताए । सम्मेलन केन्द्रसँगै एक सय जनाको क्षमता भएका दुईवटा मल्टिपर्पोज भवन छन् । सर्भिस ब्लक दुईवटा छन् । क्यान्टिन, ग्रिन हाउस, कर्मचारी आवास भवन र सुरक्षा गार्ड भवन पनि निर्माण गरिएको छ । यसको मासिक सञ्चालन खर्च १३ लाख रुपियाँ हुने अनुमान गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस