कोरोना जाँच नगर्न भनेपछि हेल्थडेस्कका कर्मचारी कामविहीन, केन्द्रको निर्देशन कुर्दै  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना जाँच नगर्न भनेपछि हेल्थडेस्कका कर्मचारी कामविहीन, केन्द्रको निर्देशन कुर्दै 


१३ पुस २०७९, बुधबार


काठमाडौँ । विश्वका ९१ देशमा ओमिक्रोनको नयाँ भेरियन्ट बी ७ फैलिएको वेला नेपाल-भारत सीमानाका जमुनाहमा सञ्चालित हेल्थडेस्कका कर्मचारी कामविहीन भएका छन्। हेल्थडेस्कलाई कोरोना जाँच नगर्न भनेपछि हेल्थडेस्कका कर्मचारी कामविहीन भएका हुन्। 

भारतबाट फर्किने नेपालीको कोरोना जाँच गर्नका लागि स्थापना भएको हेल्थडेस्क विगत दुई महिनादेखि कामविहीन भएको डेस्कका इन्चार्ज चिरञ्जीवी ज्ञवालीले बताए। उनले कोरोना संक्रमण दर घटेसँगै कोरोना जाँच बन्द गरिएको बताए। 

कोरोना संक्रमण दर घटेपछि परीक्षण प्रयोगमा आउने किटसमेत नभएको उनको भनाइ छ।

उनले परीक्षण नभए पनि सोधपुछ गर्ने कार्य जारी रहेको बताए। अहिलेसम्म शङ्कास्पद फेला नपरेको उनको भनाइ छ। 

बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले पछिल्लो पटक भारत, चीनलगायतका देशमा फैलिएको कोरोना सङ्क्रमणलाई मध्यनजर गरी सरोकारवाला निकायबीच छलफल गर्न बुधबार बैठक बोलाइएको बताए। 

मास्क र स्यानिटाइजर प्रयोगका लागि सर्वदलीय बैठकले आह्वान गर्ने पनि उनको भनाइ छ।

कोरोना संक्रमण दर घटेपछि बाँकेमा मास्क र स्यानिटाइजर प्रयोग गर्नेको संख्या एकदमै न्यून छ। 

Tags :
प्रतिक्रिया दिनुहोस