कम भिजिबिलिटीका कारण सबै उडान रद्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कम भिजिबिलिटीका कारण सबै उडान रद्द


१३ पुस २०७९, बुधबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरू हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौँ यात्रुले समस्या भोग्नु परेको छ ।

मङ्गलवार भैरहवा, नेपालगञ्ज र धनगढीका उडान प्रभावित भएका थिए । घट्दो तापक्रमका कारण देशभर चिसो बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस