प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकियो  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकियो 


१३ पुस २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न पुगेका ओली उनको निवास खुमलटारबाट फर्केका छन् । सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका ओलीले सरकारकै विषयमा छलफल भएको बताए । ‘भर्खर सरकार गठन भएको छ, त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो,’ उनले भने ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने सरकारको काम प्रभावकारी बनाउने विषयया छलफल भएको बताए । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने विषयमा पनि नेताहरुबीच कुराकानी भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि छलफल गर्ने तय भएको मल्लले जानकारी दिए ।

सरकारलाई पूर्णता दिने विषयमा बुधबार नै नयाँ वानेश्वरमा सत्ता साझेदार दलहरुको बैठक छ । त्यसअघि प्रचण्ड र ओलीले छलफल गरेकाले मन्त्री भागवण्डाका विषयमा पनि छलफल भएको हुन सक्ने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस