२१ निर्माण कम्पनी कालो सुचीमा  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

२१ निर्माण कम्पनी कालो सुचीमा 


१३ पुस २०७९, बुधबार


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कानुनी दायराभित्र रहेर काम नगर्ने २१ कम्पनीलाई कालो सूचीमा राखेको हो ।

कालो सूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन् । कालो सूचीमा राखिएको निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस