रेलमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर १ जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रेलमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर १ जनाको मृत्यु


१३ पुस २०७९, बुधबार


जनकपुरधाम । भारतको जयनगरबाट जनकपुरधाम कुर्था आउँदै गरेको रेलले किच्दा एक जनाको मृत्यु भएको छ।

जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा धनुषाको वैदेही स्टेसनमा किचिएर एक जनाको मृत्यु भएको हो।

किचिएर धनुषाको नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पूर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।

वैदेही रेल्वे स्टेसनमा खुलिसकेको रेलमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस