मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने


१३ पुस २०७९, बुधबार


जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

तीन जना दलको नेताले दाबी गनृ नछाडेपछि निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।

दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादव ज्युको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचन समितिले सर्व सहमतिको प्रयासबाट दलको नेता चयन नभएपछि निर्वाचन प्रक्रिया अघि बढाएको कांग्रेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले आज बुधबार प्रथम मतदाता नामावली प्रकाशन गर्ने, बिहीबार अपराह्न ३ बजेदेखि ४ बजे सम्म नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा मतदाता नामावली प्रकाशन गर्ने तालिका तय गरेको छ ।

निर्वाचन तालिका आज प्रकाशन गर्ने निर्वाचन समितिका सदस्य समेत रहेका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस